नेश्नलिष्ट पिपल्स पार्टी नेपालको परिचय
नेश्नलिष्ट पिपल्स पार्टी नेपालको वर्तमान संविधानले प्रस्त्याएको प्रक्रियाबाट बिधिवत रुपमा दर्ता भएको १६२ औ वैधानिक राजनीतिक दल हो । हामीहरूले भविष्यमा अपनाउने परिवर्तित प्रतक्ष जनतान्त्रिक प्रणाली अर्थात Innovative direct democracy अनुसार नेपालको राज्य व्यवस्था संचालन गर्ने छौ परिवर्तित प्रतक्ष जनतान्त्रिक प्रणाली अन्तर्गत अपनाइने शासकीय स्वरूप भित्र नागरिक सर्वोच्चता, हिन्दु राष्ट्र, औपचारिक राजसंस्था, प्रतक्ष निर्वाचित प्रधानमन्त्री, सार्वभौम संसद, जातीय विभेदको अन्त्य, क्षेत्रीयताको अन्त्य, बहुभाषिक सरकारी काम(काज को भाषा हुने, कुनै पनि नेपाली नागरिक ले अन्य राष्ट्रबाट नागरिकता प्राप्त गरेकोअबस्थामा समेत नेपालको नागरिकता यावत रहने, विधि र पद्धति लाइ न्यायिक ढङ्गबाट उपलब्ध अति बिकसित Technology मार्फत लागु गरिनेछ।
नेश्नलिष्ट पिपल्स पार्टीको दर्शन, निती तथा कार्यक्रमलाई बिश्वास का साथ आत्मासात र यसको उत्थान का लागी सक्रिय रहि राष्ट्र र राष्ट्रियताको लागी आफ्नो जीवन को अमूल्य समयलाई समर्पण गर्ने पार्टीका सम्पूर्ण पदाधिकारी ज्यू हरू लगायत सम्पूर्ण सक्रिय सदस्य हरूको विमाको ब्यवस्था , सामूहिक ब्यापार पद्धति बाट प्राप्त हुने प्रतिफल सहभागिताको आधारमा न्यायोचित ढङ्गबाट बितरण, निजी ब्यापार को शुरक्षा र संरक्षण जस्ता स्वावलम्बीकरण योजनाहरूलाई युद्ध स्तरमा लागु गरिनेछ।
नेश्नलिष्ट पिपल्स पार्टीको प्रमुख अवधारणा अनुसार हामीले अङ्गीकार गर्ने नीतिमा नेपाल र नेपालीको पहिचान जोगाउन नेपाली लगायत अन्य ज्ञद्दघ भाषा, संस्कार, संस्कृती, परम्परा, रीतिरिवाज र सामाजिक परिवेशको संरक्षण र सम्वर्द्धन दृढताका साथ गर्नेछ।